NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाटन संयुक्त क्याम्पसले माग्यो १३ विषयमा २६ शिक्षक

काठमाडौं । पाटन संयुक्त क्याम्पसले २६ आंशिक शिक्षक माग गरेको छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी क्याम्पसले व्यवस्थापन, ग्रामीण विकास, भौतिक शास्त्र, वातावरण विज्ञान, गणित, प्राणीशास्त्रलगायत विषयमा शिक्षक माग गरेको हो ।

सबैभन्दा धेरै व्यवस्थापन र ग्रामीण विकासमा ४÷४ तथा भौतिक शास्त्रमा तीन जना आंशिक शिक्षक माग गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत फागुन २० गतेको निर्णययानुसार कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गर्नका लागि १३ विषयमा आंशिक शिक्षक माग गरिएको क्याम्पसले जनाएको छ ।

आवेदन फागुन १३ गतेदेखि २७ गतेसम्म दिन सकिने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष