नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिका–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो ।
दुवै नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक कार्यक्रमका बीच गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया