बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिए।
आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।
सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया