NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपाल प्रहरीको राशनभत्ता दोब्बर बढाउने प्रस्ताव गृह मन्त्रालयमा

काठमाडौं । नेपाल प्रहरीको राशनभत्ता महंगीअनुसार बढाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव अघि बढाएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यससम्बन्धि प्रस्ताव अघि बढाएका हुन् ।

महानिरीक्षकको प्रस्तावअनुसार राशनभत्ता वृद्धि भएमा अहिलेभन्दा करिब दोब्बर पाउँछन् । उपत्यकामा हाल प्रहरीले दैनिक २०१ रुपैयाँ पाउँदै आएकोमा ३९५ रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । अहिलेको महंगीमा प्रहरीलाई २०१ रुपैयाँले दुई छाक भात र एक पटक खाजा खान ज्यादै अपुग भएको प्रहरी अधिकारी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत जिल्ला दररेटअनुसार राशनभत्ता बढाउन माग गरिएको छ । जसअनुसार हरेक जिल्लामा महंगीको वास्तविक अवस्थाअनुसार प्रहरीले राशनभत्ता पाउनेछन् । गृह मन्त्रालयले यससम्बन्धि प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयले बजेट नभएको भन्दै पन्छ्याउने प्रयास गरिरहेको स्रोत बताउँछ ।

प्रहरीमा राशनभत्ता नबढेको दुई वर्ष भएको छ। त्यसअघि पनि १५ प्रतशित मात्र बृद्धि भएको थियो । दिनमा १८ घन्टासम्म डिउटीमा खटिने सुरक्षाकर्मीलाई खान पुग्ने राशनभत्ता समेत दिन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

यस्तो छ प्रहरी महानिरीक्षकको प्रस्तावः