टी–२० क्रिकेटमा नामिबियासँग भिड्दै नेपाल, तोडिएला हारको श्रृंखला ?

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटअन्तर्गत आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । लगातार दुई हार व्यहोरेको नेपाल जितको उद्देश्य बोकेर शुक्रबार नामिबियाविरुद्ध मैदानमा उत्रन लागेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अहिले बिहान ११ः३० बजे दुईबीच खेल हुने तय छ ।
नेपाल, नेदेरल्याण्ड्स र नामिबियाको त्रिकोणात्मक सिरिज जारी छ । जसमा नेपाल लगातार नेदरल्याण्ड्स र नामिबियासँग पराजित भएको छ ।नेपाल पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग क्रमशः २० र २ रनले स्तब्ध बनेको हो ।
नेपालले आजको खेलमा पनि हारको श्रृंखला तोड्न नसकेमा फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ । त्यसैले नेपाल आज जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छ ।
आजको खेलमा जित निकालेमा नेपालले शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
फाइनल खेल मंगलबार हुनेछ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया