राष्ट्रियसभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै, को-को विदा हुँदैछन् ?
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आज सकिँदैछ ।
आजबाट पदावधि सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र १-१ जना रहेका छन् ।
एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट विदा हुँदैछन् ।
त्यस्तै, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थ विदा हुँदैछन् । माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा, समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला देवी, विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटा आजैबाट विदामा जाँदैछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया