‘शाकाहारी हुँ, भेगन भएँ भनेपनि आश्चार्य नमान्नू’
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी क्षेष्ठले आफू शाकाहरी भएको र कुनै दिन भेगन (पूर्ण रुपमा शाकाहारी) भएपनि आश्चार्य नमान्न भनेका छन् । शनिबार स्नेहाज केयरले आयोजना गरेको ‘भेगन फेस्टिबल’ मा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी हुँदै श्रेष्ठले भेगनिजमले जनावरको कल्याणमात्रै नभएर पृथ्वीको पारिस्थितीक प्रणाली, जलवायु परिवर्तनजस्ता समस्यासमेत कम गर्न मद्दत गर्ने बताए । उनले भेगननिजमले जनावरहरुको रक्षा र हितमा योगदान पुर्याउने बताए ।
‘‘यो बहुआयामिक आन्दोलन हो, यसले पृथ्वीको रक्षासँगै मानव जीवनलाई पनि उन्नत गर्छ’ उनले भने, ‘यसले व्यक्तिलाई मानसिक र शारीरिक रुपले स्वस्थ बनाउनुका साथै पशुको पनि कल्याण गर्छ ।’
उनले कार्यक्रममा आफू शाकाहारी भएतापनि भेगन भने नभएको बताएका थिए । ‘म शाहाकारी हुँ, यदि नारायण काजी क्षेष्ठ भेगन बनेछ भने पनि आश्चर्य चाहिँ नमान्नु होला ’ उनले भने ।
त्यस्तै कार्यक्रममा स्नेहाज केयरकी संस्थापक स्नेहा क्षेष्ठले उक्त फेस्टिबल आयोजनको मूल उद्देश्य पशु हिंसा तथा जनावरको खपत रोक्नु रहेको बताइन् । उनले संसारमा अन्य प्राणीको पनि मानिसको जत्ति नै बाँच्न पाउने हक भएको बताउँदै विरुवामा आधारित खानामा जोड दिन आवश्यक रहेको बताइन् ।
पशु कल्याण र भेगन आहारको उपभोग प्रोत्साहन गर्ने उद्देश्यका साथ स्नेहाज केयरले सन् २०१८ देखि हरेक वर्ष ‘भेगन फेस्टिबल’ आयोजना गर्दै आइरहेको छ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ मा स्थापित भएको स्नेहाज केयरले पशु कल्याणका क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया