डेबिट/क्रेडिट कार्डको सुरक्षित प्रयोग कसरी गर्ने ?
काठमाडाैं । बैंकिङ सेवा वा सुविधा लिँदा भविष्यमा हुने जोखिम बहन गर्न सावधानी अपनाउन आवश्यक छ । हामी प्राय सबै जना रकमको कारोबार गर्न डेबिट वा क्रेडिट कार्डको प्रयोग गछौं । जसले गर्दा हाम्रो काम छिटो र छरितोसमेत बनाएको छ । तर कहिलेकाही सही तरीकाले कार्डको प्रयोग गर्न नजानेर वा भूलबस कुनै गल्तीले विद्युतिय माध्यमबाट कारोबार गर्ने कार्डहरु हराउन वा चोरी हुन सक्छन् । यसबाट बच्न कार्डको सुरक्षित प्रयोग गर्न आवश्यक छ ।
कसरी जोगाउने कार्ड ?
१) क्रेडिट वा डेबिट कार्ड हराउन वा चोरी हुनबाट जोगाउन वा चोरी तपाई कार्डको प्रयोग सिमित मात्रामा गर्नुहोस् ।
२) चाहिने कार्ड मात्र बोक्नुहोस् ।
३) आफ्नो पर्स वा ब्यागमा कार्ड सुरक्षितसँग राख्नुहोस् । यस्ता ब्यागबाट कार्ड झर्ने सम्भावना धेरै हुने भएकाले सुरुमै कार्ड सुरक्षित ठाउँमा राख्नुहोस् ।
४) कार्डको प्रयोग गर्नासाथ कार्ड नबिर्सनुहोस् ।
५) कार्डको पिन नम्बरहरु अरु व्यक्तिसँग साझा नगर्नुहोस् । बैंकबाट प्राप्त भएको ओटिपी तथा म्यासेसहरु पनि आफूुँग मात्रै सुरक्षित राख्नुहोस् ।
६) आफ्नो कार्ड अन्य व्यक्तिलाई प्रयोग गर्न नदिनुहोस् । यस्ता सामान्य सावधानीले पनि तपाईको कार्ड सुरक्षित राख्न सक्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया