NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

लोक सेवा प्रश्न– संसदीय व्यवस्थामा प्रतिपक्ष दलको भूमिका कस्तो हुनुपर्छ ?

संसदीय व्यवस्थामा प्रतिपक्ष दलको भूमिका कस्तो रहन्छ ? के नेपालमा सरकारी एजेन्डालाई प्रतिपक्ष दलले खेलेको भूमिका प्रभावकारी पाउनुहुन्छ ? विवेचना गर्नुहोस् ।

उत्तर

प्रतिपक्ष दल – Waiting Government
सरकारमा सामेल नभएको व्यवस्थापिका संसदमा रहेको दललाई प्रतिपक्ष दल भनिन्छ ।सरकारलाई निरंकुश हुनबाट रोक्न र रचनात्मक रूपमा प्रस्तुत हुन संसदीय व्यवस्थामा प्रतिपक्ष दलको भूमिका रहन्छ । जसलाई तपशिलबमोजिम प्रस्तुत गरिन्छ :

  • सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न
  • जनताको आवाज सदनमा उठाउन
  • नागरिकको हक अधिकारको रक्षा गर्न
  • सरकारलाई रचनात्मक रूपमा सहयोग गर्न
  • सदनमा Waiting Government को रूपमा विकल्प दिन
  • लोकतान्त्रिक मूल्यमान्यता, प्रणालीको स्थापना गर्न
  • सार्वजनिक सरोकार वा महत्त्वको विषयमा आवाज उठाउन
  • सरकारको कमीकमजोरी र गल्ती हुन नदिन
  • सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न
  • संसदीय मूल्यमान्यता परिपाटीको अवलम्बन गर्न
  • सरकारप्रति निगरानी राख्न, खबरदारी गर्न लगायत ।


    सरकारी एजेन्डालाई जवाफदेही बनाउन प्रतिपक्ष दलले खेलेको भूमिकाको सन्दर्भ

    नेपालको संसदीय शासन प्रणालीमा सरकारी एजेन्डालाई जवाफदेही बनाउन प्रतिपक्ष दलले खेलेको भूमिका तपशिल बमोजिम छन् :

  • सदनमा जनताको आवाज बोल्ने
  • सरकारी ऐन, नियम र कानूनको जनआवश्यकता अनुसार निर्माण गर्ने
  • अध्यादेशबाट शासन सञ्चालन गर्न खोज्ने परिपाटीको अन्त्य गर्ने
  • सरकारले गरेका सही कार्यमा सहयोग र गलत कार्यमा रचनात्मक विरोध गर्ने
  • असल नियतका साथ ल्याइएको सरकारी एजेन्डामा समर्थन गर्ने
  • संसदीय शासन प्रणालीको अवलम्बन गर्ने

तर,नेपालका प्रतिपक्ष दलहरू :

  • आफ्नै पार्टीभित्र विभाजित
  • गुटबन्दीको मानसिकता
  • पार्टीभित्र नै पक्ष विपक्षको स्थिति
  • शक्ति संघर्ष र टकरावको स्थिति देखापरेको छ।

त्यसै नेपालको संसदीय शासन प्रणालीमा जुनसुकै पार्टी प्रतिपक्ष र सरकारमा भए पनि आफ्नो पार्टीभित्र चरम विवाद, गुटबन्दी र शक्ति संघर्षको कारणले सोचेजस्तो रूपमा प्रभावकारी भूमिका रहन सकेका छैनन् ।हालसालैको अवस्थालाई मध्यनजर गर्दा स्वतन्त्रतबरले नेपालका राजनीतिक दलले प्रतिपक्षको भूमिका निभाएको अवस्था छैन ।

निस्कर्ष
भनिन्छ, सरकार सत्ता पक्षको हो भने सदन विपक्ष वा प्रतिपक्षको । तसर्थ जनताका आवाजलाई मुखरित गर्दै नागरिकको इच्छा, चाहना र आकांक्षाको सम्बोधन गर्न सरकारलाई खबरदारी गर्नु प्रतिपक्षको महत्त्वपूर्ण कार्य वा भूमिका हो ।