गठबन्धन टुटेसँगै मुख्यमन्त्री पनि फेरिने, राष्ट्रियसभामा मिल्यो भागवण्डा
काठमाडौं । नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकाररका मुख्यमन्त्री पनि फेरिने भएका छन् । मुख्यमन्त्री हेरफेर गर्ने विषयमा माओवादी केन्द्र र एमालेबीच सहमति भइसकेको छ ।
नयाँ समीकरणसँगै अब गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एमालेको भागमा पर्नेछन् । यी प्रदेशमा हाल कांग्रेसका मुख्यमन्त्री छन् ।
त्यस्तै, माओवादीले लिइरहेको बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री यही रूपमा कायम हुनेछ । जसपाले पनि मधेश प्रदेशको मुख्यमन्त्रीमा निरन्तरण पाउनेछ भने नयाँ दलहरूले मुख्यमन्त्रीमा आलोपालो गर्ने भनेर सहमत भइसकेका छन्।
योसँगै २९ फागुनमा हुने राष्ट्रिय सभाको चुनावका लागि पनि भागवण्डा मिल्ने भएको छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिनेगरी सहमति अघि बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया