गठबन्धन टुटेसँगै मुख्यमन्त्री पनि फेरिने, राष्ट्रियसभामा मिल्यो भागवण्डा

काठमाडौं । नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकाररका मुख्यमन्त्री पनि फेरिने भएका छन् । मुख्यमन्त्री हेरफेर गर्ने विषयमा माओवादी केन्द्र र एमालेबीच सहमति भइसकेको छ ।
नयाँ समीकरणसँगै अब गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एमालेको भागमा पर्नेछन् । यी प्रदेशमा हाल कांग्रेसका मुख्यमन्त्री छन् ।
त्यस्तै, माओवादीले लिइरहेको बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री यही रूपमा कायम हुनेछ । जसपाले पनि मधेश प्रदेशको मुख्यमन्त्रीमा निरन्तरण पाउनेछ भने नयाँ दलहरूले मुख्यमन्त्रीमा आलोपालो गर्ने भनेर सहमत भइसकेका छन्।
योसँगै २९ फागुनमा हुने राष्ट्रिय सभाको चुनावका लागि पनि भागवण्डा मिल्ने भएको छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिनेगरी सहमति अघि बढेको छ ।
ताजा अपडेट
-
आजको मौसम : यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
-
विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
प्रतिक्रिया