मोरङमा १५ वर्षीया किशोरीको हत्या
पथरी । मोरङको पथरी शनिश्चरे–७, लामाटोलीमा एक किशोरीको शव फेला परेको छ ।
खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना) को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ ।
स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् ।
गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।
घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया