आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै

काठमाडौं । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदैछ । अध्यक्षको निर्वाचन बिहान ११:९ बजे राष्ट्रिय सभा बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।
त्यस्तै अध्यक्षका लागि सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ता गरेका हुन् ।
राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।
कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।
ताजा अपडेट
-
आजको मौसम : यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
-
विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
प्रतिक्रिया