कृषि विकास बैंकमा राेजगारीकाे अवसर, आवेदन दिने आज अन्तिम दिन
काठमाडाै । कृषि विकास बैंकले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।
कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवातर्फ अधिकृत र सहायक पदमा कर्मचारी माग गरेको हो । सबैभन्दा धेरै तह ४ को लेखापाल पदमा ४६ कर्मचारी माग गरिएको छ । व्यवसाय अधिकृत तह ६ मा ३२ र व्यवसाय सहायक तह ५ मा १६ जनाका लागि आवेदन खुलाइएको छ ।
बैंकले सहायक स्तरमा व्यवसाय सहायक १६ जना, कानुन सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
बैकले फागुन ११ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था थियो । दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।



ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया