कृषि विकास बैंकमा राेजगारीकाे अवसर, आवेदन दिने आज अन्तिम दिन

काठमाडाै । कृषि विकास बैंकले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।
कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवातर्फ अधिकृत र सहायक पदमा कर्मचारी माग गरेको हो । सबैभन्दा धेरै तह ४ को लेखापाल पदमा ४६ कर्मचारी माग गरिएको छ । व्यवसाय अधिकृत तह ६ मा ३२ र व्यवसाय सहायक तह ५ मा १६ जनाका लागि आवेदन खुलाइएको छ ।
बैंकले सहायक स्तरमा व्यवसाय सहायक १६ जना, कानुन सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
बैकले फागुन ११ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था थियो । दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया