नागरिकताको फोटोकपी र फोटो संकलन गरी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं। सर्वसाधारणलाई पैसा दिएर नागरिकताको फोटोकपी र फोटो संकलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दुई जना बंगलादेशी र एक जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ। बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागञ्ज घर भई काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीलाई पक्राउ गरेको र अर्का एक जना फरार रहेको मोरङ प्रहरीले बताएको छ। प्रहरीका अनुसार खत्रीलाई मंगलबार सुन्दरहरैँचा–८ बाट पक्राउ गरिएको हो। त्यहाँबाट फरार बनेका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा-४ बलियाबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा उनीहरुले एक हजार र एक हजार पाँच सय रुपैयाँ दिदै नागरिकताको फोटोकपी र फोटो संकलन गरिरहेका थिए । पक्राउ परेकाहरुले सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिको नागरिकताको फोटोकपी र फोटो संकलन गरेको प्रहरीले बताएको छ ।
परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट गरिबलाई सहयोग गर्न आएको भन्दै पैसा वितरण गर्दा उनीहरुले नागरिकताको फोटोकपी र एउटा फोटो मागेका थिए । एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको देखिएको प्रहरीको भनाइ छ । यसरी संकलन भएको फोटोकपी र फोटो प्रयोग गरेर डिजिटल वालेट खोलेर ठगी गर्नेगरेको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया