NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पैसा नदिएको भन्दै हजुरआमाको हत्या, ग्वालीमा शव गाडिएको अवस्थामा फेला

नातिसहित चार जना पक्राउ

झापा। झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन् । उनका अनुसार फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धिरजले अन्धाधुन्द रड प्रहार गरेका थिए ।

रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए । पक्राउ परेका अभियुक्त धिरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए। थियो । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।