वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ
काठमाडौं । वसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ ।
परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । यसै दिनदेखि काठमाडौँवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ ।
तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । “चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उनी भन्छन, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।” होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया