NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति विनोद चौधरीको बयान लिन लागेको छ ।

गृहमन्त्रालयमा आइतबार बसेको बैठकमा गृहमन्त्री लामिछानेले उक्त प्रकरणमा मुसिएका सबैको बयान लिन निर्देशन दिएका हुन् । सीआईबीले बाँसबारी छाला(जुत्ता  कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा अरूणकुमार चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

तर काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले उनीहरूलाई रिहा गर्न आदेश दिएका थिए । आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै उनीहरु रिहा भएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष