NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

संघीय मामिला मन्त्रालयका ६ कर्मचारीको उपसचिवमा बढुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ६ कर्मचारी उपसचिव बढुवामा सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, राजस्व समूहका ६ शाखा अधिकृतलाई कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिस गरिएकाहरूमा राधेश्याम दाहाल, राजेन्द्र बस्नेत, तोयानाथ सापकोटा, सुजितकुमार सिंह, युक्तप्रसाद सुवेदी र उषा पोखरेल छन् ।

निजामती सेवा ऐन, २०४९ अनुसार ६ कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।