NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।