नुहाउन गएकी युवतीको पाल्पामा हत्या

काठमाडौं । पधेँरामा नुहाउन गएकी एक युवतीको पाल्पामा हत्या भएको छ ।
जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया पद्मा सुनारको मंगलबार हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाले नुहाउन गएकी युवती लामो समयसम्म नफर्किएपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा भेटिएको जनाएको छ ।
घटनाको कारण नखुले पनि जबरजस्ती करणीको प्रतिवाद गर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
हत्या लगत्तै घटनास्थल पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया