नुहाउन गएकी युवतीको पाल्पामा हत्या
काठमाडौं । पधेँरामा नुहाउन गएकी एक युवतीको पाल्पामा हत्या भएको छ ।
जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया पद्मा सुनारको मंगलबार हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाले नुहाउन गएकी युवती लामो समयसम्म नफर्किएपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा भेटिएको जनाएको छ ।
घटनाको कारण नखुले पनि जबरजस्ती करणीको प्रतिवाद गर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
हत्या लगत्तै घटनास्थल पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया