NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन आह्वान

काठमाडौं । निजामती कर्मचरीका सन्नतिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि दरदास्त आह्वान गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले चालु आर्थिक वर्ष ०८०–८१ मा प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन मागेको हो ।

आवेदन स्वदेशी विश्वविद्यालय वा त्यसको आंगिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा स्नातक तह प्रथम वर्ष तथा पहिलो र दोस्रो समेस्टरमा अध्ययनरत निजामती कर्मचारीका सन्ततितले दिन सक्नेछन् ।

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले योग्यता पूरा भएका निजामतीका सन्ततिलाई आगामी १५ दिनभित्र आवेदन आह्वान गरेको छ । आवेदन अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ ।

हेर्नुहास् सूचना