कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ ।
विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ ।
कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ ।
कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।
कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्याङ्कन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया