आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान
बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ ।
यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा “एआई लर्निङ“ लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ ।
विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन् ।
अभियानको उद्देश्य एआई मार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबद्र्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।
एआई सम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङ लगायतका विभिन्न शहरका विद्यालयहरुमा नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया