NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काठमाडौंका टोले गुन्डा पेस्तोलसहित पक्राउ

काठमाडौं । कपन क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थायी घर भई सरस्वतीनगर बस्ने प्रशान्त लिम्बुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

उनले पेस्तोलसहितको फोटो समेत राखेर आतंक मच्चाउने र धम्काउने गरेका थिए । उनीसँग चक्कुसमेत बरामद भएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए ।