NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एसएसपी अधिकारीको डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारीको डिआइजी बढुवामा सिफारिस भएको छ। बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनको सिफारिस गरेको हो ।

२०५८ सालमा इन्सपेक्टरबाट भर्ना भएका अधिकारी सशस्त्र प्रहरीको सिंस १ का अधिकृत हुन् । उनको ब्याचका यसअघि चार जना डिआइजी भइसकेका छन् । बढुवाका लागि पाँच जना एसएसपीले फर्म भरेका थिए । जसमा कृष्णराज पाठक पहिलो नम्बरमा थिए । तर, उनी प्राविधिक सइबाट भर्ना भएका र कार्यसम्पादनमा कमजोर रहेकाले उनीपछि बरियतामा रहेका अधिकारीको बढुवा सिफारिस भएको हो ।