NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

महाराजगञ्जका वडा अध्यक्ष घुससहित रंगेहात पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।

घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलार्य आइतबार पक्राउ गरेको हो ।
१५ हजार रुपैयाँ घुससहित उनी कार्यकक्षबाटै पक्राउ परेको आयोगले जनाएको छ ।