NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

शाओमीको लाइका क्यामरासहितको फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ बजारमा, यस्ताे छ मूल्य

काठमाडौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् ।

शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने  विश्वास कम्पनीले  लिएको  छ ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले  भने, ‘शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले,ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ शाओमी १४ प्रयोगकर्ताको लागि सर्वोत्कृष्ट  विकल्प  बन्ने  हामीले  विश्वास लिएका छौँ । हामीलाई अपार माया दिनुहुने हाम्रा नेपाली ग्राहकहरूका लागि यो नयाँ प्रविधि ल्याउन पाउँदा हामी ज्यादै खुसी छौँ ।’

लाइका क्यामरा प्रविधिको सुरुवात :

शाओमी १४ ले लाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ । ठूलो १.६ एपर्चरको साथ शाओमी १४ ले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ । यस अप्टिकल लेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दावि छ । लाइकाको ७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन ९०० इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सन प्रदान गर्दछ ।

शक्तिशाली पर्फर्मेन्स :

शाओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुन अत्याधुनिक ४ एनएम पावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको हो । क्वाल्कम एड्रेनो जिपियुसँग जोडिएको यस चिपसेटले सिमलेस पर्फर्मेन्स र प्रभावकारी पावर म्यानेजमेन्ट सुनिश्चित गर्दछ जसले प्रयोगकर्ताहरूको गेमिङ अनुभव फरक बनाउँदछ ।

आकर्षक डिस्प्ले :

२६७० ह १२०० को रिजोलुसन र १ .५ के ६.३६ इन्चको एमोलेड प्यानलका साथ आकर्षक डिस्प्लेमा शाओमी १४ आएको छ । १ हर्जदेखि १२० हर्जसम्मको डाइनामिक रिफ्रेस रेटले फ्लुइड एनिमेसन, सहज स्क्रोलिङ र पावर इफिसियन्सी सुनिश्चित गर्दछ । साथमा डल्बी भिजन, प्रो एचडिआर डिस्प्लेले भाइब्रेन्ट र डिटेल कलर पनि  उपलब्ध  रहेको  छ ।

शक्तिशाली ब्याट्री र फास्ट चार्जिङ :

शाओमी १४ को ४६१० एमएचको ठुलोे ब्याट्री र फास्ट चार्जिङले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । ९० वाटको फास्ट चार्जिङ भएको हुदा जम्मा ३१ मिनेट ( बुस्ट मोड) मा नै फूल चार्ज गर्न सक्छ । साथै ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङले यस डिभाइसलाई झनै उपयुक्त बनाउने कम्पनीले दाबी गरेको छ ।

साथै एआई फेस अनलक र अन स्क्रिन फिङ्गरप्रिन्ट जस्ता फिचरले शाओमी १४ लाई झनै सुरक्षित बनाउँदछ भने आइपी ६८ रेतिंग  भएको  हुदा  शाओमी १४ लाई धुलो र पानीबाट पनि बचाउँदछ । साथै शाओमी हाइपर ओएसले स्मुथ र सहज अनुभव प्रयोगकर्तालाई प्रदान गर्नेछ ।

बजार उपलब्धता :

शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । शाओमी १४,  १२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य रु. ९९ हजार ९९९ रूपैयाँ राखिएको छ ।

यस्तै, शाओमीले शाओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ जसको माध्यमबाट ग्राहकहरुले शाओमी १४ मा विशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यस क्लबका सदस्यहरूले ६–महिना विस्तारित वारेन्टी, एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो ६ महिना भित्र), निःशुल्क लेबर कस्ट (पहिलो २४ महिना भित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन् । यस प्रायोरिटी क्लबको  शुरुवातले  शाओमीको  ग्राहक  अनुभवलाई अझै निखार्ने कम्पनिले विस्वास लिएको छ  ।

शाओमी १४ सबै एमआई स्टोर र शाओमीका आधिकारिक अथोराइज्ड रिटेल आउटलेटहरुमा १८ चैतबाट उपलब्ध छ ।