पुँजी बजारमा लगानी कसरी गर्ने ? पैसा कसरी कमाउने ?
काठमाडौं। नेपालवाचको नयाँ टेलिभिजन प्रस्तुती ‘कुरा पैसाको’ मंगलबारबाट सुरु भएको छ।
फाइनन्सियल लिट्रेसी नेपाल र नेपालवाचको सहकार्यमा संचालित यो कार्यक्रमले वित्तीय साक्षरतासँग सम्बन्धी बहसको पैरवी गर्नेछ । पैसा कमाउने सही तरिका, यसको परिचालन र पैसासँगै जोडिएका प्रेरक प्रसंगहरूमा कार्यक्रम केन्द्रीत हुनेछ ।
बैंकर्स संघका अध्यक्षसमेत रहिसकेका पूर्व बैंकर भुवन दाहाल र नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक रहिसकेका निरज गिरीले पालैपालो कार्यक्रमको सञ्चालन गर्नेछन् ।
नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका दाहाल सानिमा बैंकको सिइओ रहिसकेका छन् । राष्ट्र बैंकको विभिन्न समितिहरूमा रहेर नीति नियम बनाउन पनि दाहालको भूमिका छ ।
त्यस्तै, पुँजी बजारमा २५ बर्ष भन्दा लामो समय काम गरिसकेका अर्का प्रस्तोता गिरीले अन्तरार्ष्ट्रिय स्तरका धेरै संस्थामा समेत सक्रियता देखाइसकेका छन् ।
कार्यक्रममा गिरीले पुँजी बजारमा कस्तो अवस्थामा र कति लगानी गर्ने, पुँजी बजारमा लगानी गर्नुअघि के कस्ता कुरामा ध्यान दिनुपर्छ, यसमा देखिएका सामान्य समस्याहरुलाई सजिलै हल गरेर त्यसबाट मनग्य नाफा कसरी कमाउन सकिन्छ भन्ने जस्ता विषयहरु समेट्ने छन्।
‘हरेक मानिसले भोगेर मात्र होइन देखेर पनि सिक्छ भन्ने हाम्रो कार्यक्रमको धारणा हो,’ उनी भन्छन्, ‘यस्ता किसिमका कथाहरुबाट अरुले त्यहि गल्ति दोहोर्याउनु हुन्न र आर्थिक पाटो बलियो बनाउन सहयोग पुग्नेछ भन्ने हामीले उदेश्य राखेका छौं।’
पछिल्लो समय बजारमा एक बाणिज्य बैंक डुब्न लाग्यो भन्ने सूचनाहरू सम्प्रेषण भए । यस्तो सूचनाका विरुद्ध राष्ट्र बैंकले विज्ञप्ति नै जारी गरेपनि मानिसहरुले राष्ट्र बैंकको सूचना भन्दा अनाधिकृत सूचनाको भर परे । यसले सर्वसाधरणमा वित्तीय साक्षताको कति कमी छ भन्ने विषय छर्लंगै भएको दाहालको भनाई छ ।
त्यसैले यस कार्यक्रममार्फत बैंकिङ क्षेत्रमा देखिएका वित्तीय साक्षरताको कमीलाई समेट्ने उनको उद्देश्य छ । ‘कार्यक्रम हेरेर मानिसहरु यस्ता विषयमा जानकारी लिन सक्ने भए। हाम्रो कार्यक्रम नै कुरा पैसाको हो त्यसैले बैंकिङ क्षेत्रमा कहाँ लगानी गर्ने कसरी लगानी गर्ने, बैंकिङ क्षेत्रमा गरिएको लगानी कसरी सुरक्षित गर्ने, बैंकहरुको स्वास्थ कसरी हेर्ने लगायतका विषय साथै पैसा कमाउने टिप्सहरु हामी कार्यक्रममा प्रस्तुत गर्नेछौं,’ उनले भने ।
कार्यक्रम ‘कुरा पैसाको’ मा समेटिने विषयबारे दुई प्रस्तोताले गरेको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया