सुन्धारभित्रका टेलिफोन सेवा फाईबर टू दी होममा स्तरोन्नती
काठमाडैं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ ।
आज सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।
(FTTH) प्रविधिमा माइग्रेसन भईसकेपछि ग्राहकले प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया