NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सामसङको नयाँ वर्षलक्षित अफर : आकर्षक छुटसहित एक्सचेन्ज सुविधा

काठमाडौं । नयाँ वर्ष २०८१को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ । जसमा ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेजमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने जनाएको छ । यो विशेष छुट अफर जेठ २ गतेसम्म लाग्र हुने जनाइएको छ ।
१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ । आफ्नो नागरिकता पेस गरी ग्राहकहरुले ५५” वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् । इनस्टा फाइनान्स सेवामार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३”वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन्। ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नु हुनेछ। अझ छानिएका सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५“ र ६५“ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोन मा रु. ५०००को छुट पाउनेछन् ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ।