NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कृषि विकास बैंकको एपबाट बिनाधिताे तत्कालै कर्जा लिन सकिने, कतिसम्म पाइन्छ कर्जा ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले एडिबिएल स्मार्ट प्लस एप  (ADBL Smart Plus App) मा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत योग्य ग्राहकले दुई लाखसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंकमा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि EMI आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्वको विकल्प पनि रहने छ ।

ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा QR पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले ‘Convert to EMI’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् जसअन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant Foneloan मा रजिष्टर  गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा क्यातधबचभ मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ख एप भित्र फोनलोन ब्यानर र Register Button देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Foneloan का सबै सेवाहरु प्राप्त गर्न सक्नेछन । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये Foneloan सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, “हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो। फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो  । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।”

यसै गरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । । ADBL Smart Plus मा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु। २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नेछन् ।

कृषि विकास बैंकले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ एटिएममार्फत बैंकिङ्ख सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विशेष गरी कृषि क्षेत्रको अग्रणी बैंक भैइ कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रबाह गर्दै आईरहेको छ । बैंकले डिजिटल बैंकिङतर्फ समेत सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।