उपनिर्वाचनको आचारसंहिता जारी, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको आचारसंहिता जारी गरेको छ ।
इलाम क्षेत्र नं. २ र बझाङ–१ (क) मा हुन गइरहेको निर्वाचनलाई निष्पक्ष, भयमुक्त र स्वतन्त्र पार्न निर्वाचन आचारसंहिता जारी गरिएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता निर्वाचनको मतदान सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।
आचारसंहितामा सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने, सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न नपाइने, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । तर आफू उम्मेदवार भएको हकमा भने सरकारी स्रोत र साधन प्रयोग नगरी प्रचार गर्न रोक लगाइएको छैन ।
आचारसंहिताले संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पनि रोक लगाएको छ । सरकारी कर्मचारीलाई पनि उम्मेदवारको पक्ष–विपक्षमा प्रचार गर्न निषेध गरिएको छ ।
राजनीतिक दलहरूले सभ्य र अनुशासितपूर्वक चुनाव प्रचार गर्नुपर्ने अर्को नियम पनि आचारसंहितामा छ । त्यस्तै, प्रचारप्रसारका लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ । स्थानीय प्रशासनको अनुमतिमा प्रचारप्रसार गर्न पाइए पनि त्यसमा स्टिकर, टिसर्ट, टोपीलगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न भने पाइनेछैन ।
आगामी वैशाख १५ गते इलाम २ र बझाङ–१ (क) मा हुन गइरहेको उपनिर्वाचनमा क्रमशः २० र १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाम– २ बाट निर्वाचित सुवास नेम्वाङचन्द्र नेम्वाङको गत भदौ २५ र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गतेमा सवारी दुर्घटनामा निधन भएपछि रिक्त यी स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
प्रतिक्रिया