NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

विद्यालयलाई व्यक्ति विकासको केन्द्र कसरी बनाउने ? विश्वस्तरमा प्रतिस्पर्धी बनाउन के गर्ने ?

काठमाडौं । शिक्षा क्षेत्रमा निकै कमले मात्र आफ्नो अग्रजहरुले सम्हाल्दै आएको पेशा अंगाल्छन् । यीनैमध्ये पर्छन् न्यु मिलेनियम विद्यालयका निर्देशक प्रविज्ञ रेग्मी । विगत २० वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेग्मीको पारिवारिक पृष्ठभूमि नै शिक्षक पेशा हो ।

उनको बुबादेखि हुजुरबुबाको हजुरबुबासम्म शिक्षामै संलग्न हुनाले आफूलाई पनि शिक्षा क्षेत्रप्रति प्रेरणा मिलेको उनी सुनाउँछन । पढ्ने र पढाउनु पर्छ भन्ने संस्कार परीवारबाटै बोकेको हुँदा यसप्रति रुची बढेको पनि उनले बताए । हिजोआज उनको रुची शिक्षालाई थप प्रभावकारी बनाउनेतर्फ बढी केन्द्रित छ ।

नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको नयाँ अंकमा उनै रेग्मीसँग नेपालको शिक्षा प्रणालीका विभिन्न आयामबारे कुराकानी गरिएको छ ।

विगत २० वर्षदेखि शिक्षा क्षेत्रमा खटिएका रेग्मी नेपालको शिक्षा प्रणालीमा विद्यमान ‘रोट लर्निङ’ का कारण सिकाइ प्रभावित भएको बताउँछन् । उनको बुझाईमा नेपालको शिक्षा विग्रन धेरैमध्ये राजनितीकीकरण हावी हुनु पनि एक मुख्य कारण हो । ‘अहिले धेरै स्कुलहरुले शिक्षामा केही परीवर्तन गर्न लागि रहेका छन् । राम्रा शिक्षक र प्राध्यापक पनि छन् तर उनीहरुलाई कतैबाट पनि व्यावसायिक रूपमा मार्गनिर्देशक गरिएको छैन् । यसलाई राम्रोसँग ट्रेन गर्ने र फ्रेममा राख्ने हो भने नेपालले शिक्षामा राम्रो फड्को मार्छ,’ उनले भने ।

उनको बुझाइमा गुणस्तरीय शिक्षा दिन मुख्यगरी शिक्षकहरु सक्षम हुन आवश्यक छ । शिक्षक सक्षम हुँदा टेन्टमै राखेर पनि राम्रो शिक्षा दिन सकिने उनको भनाइ छ । कार्यक्रममा उनले सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुले पनि विद्यालयलाई थोरै प्रगतिशिल बनाउन सोच्नपर्ने सुझाए । ‘हाम्रा विद्यार्थीहरुलाई के विचार गर्ने भन्दा पनि कसरी बिचार गर्ने भन्ने कुरा सिकाउँ त्यो हुँदा हाम्रा विद्यार्थी विश्वव्यापी सक्षम र प्रतिस्पर्धी हुन्छन् ।’

कार्यक्रम प्रस्तोता तथा किंङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले रेग्मीसँगको गरेको यो छलफल तलको भिडियोमा हेर्नुहोस्