गरिमा विकास बैंकद्धारा नयाँ वर्षलक्षित योजना सार्वजनिक : डेबिट/क्रेडिट कार्डमा विशेष छुट

काठमाडाैं । आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको जनाइएको छ ।
यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस (POS) मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि भोलि वैशाख १ गतेदेखि तीन गतेसम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया