NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतीयलाई लुट्ने तीन युवतीसहितको गिरोह डिएसपी पूर्णिमाको फन्दामा

काठमाडौैं । भारतीय पर्यटकलाई युवती प्रयोग गरी लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । तीन युवतीसहित नौ जनालाई स्वयम्भु वृत्तले पक्राउ गरेको हो ।
बिहीबार साँझ सो समूहले भारतीय नागरिकहरू शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई स्वयम्भुको रेष्टुरेन्टमा लुटेको थियो ।
पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्धका कुमार तामाङ, गोरखा आरुघाटका रमेश कार्की, सल्यान दर्माका संजय चन्द ठकुरी, मकवानपुर भिमफेदीका आशिष प्रजा, रामेछाप सुनापतीका बिशाल खड्का, तनहुँ व्यासका पेमा गुरुङ, गोरखा आरुघाटकी रितु मगर, गोरखा किरानचोककी मनिष गुरुङ र धादिङ निलकण्ठका बाबुराम श्रेष्ठ छन् ।
उनीहरुले एक रेष्टुरेन्टमा ती भारतीयहरुलाई बन्धक बनाएर लुटपाट गरेको उजुरीका आधारमा अनुसन्धान गरी सबैलाई पक्राउ गरिएको स्वयम्भु वृत्तकी डिएसपी पूर्णिम चन्दले बताइन् । उनीहरुविरुद्ध डाँका चोरी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।