NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

वि.सं. २०८१ आजदेखि सुरु

काठमाडौं । विक्रम संवत् २०८१ आजदेखि सुरु भएको छ । विक्रम संवत् नेपालको चलनचल्तीमा रहेको मौलिक र आधिकारिक संवत् हो ।

यो संवत्लाई राजा विक्रमादित्यले चलाएको बताइन्छ । राजा विक्रमादित्यले चलाएकाले यसको नाम विक्रम संवत् राखिएको हो ।

१२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलो पटक विक्रम संवत्सको प्रयोग गरेको लिखित दस्तावेज फेलापरेको इतिहासविदहरूको भनाइ छ ।

नेपालमा विभिन्न संवत् प्रयोगमा रहे पनि सर्वाधिक प्रचलनमा रहेको र सरकारले अवलम्बन गरेको विक्रम संवत् हो । त्यसैले यो संवतको आफ्नै महत्त्व र पहिचान छ ।

नयाँ वर्ष नेपालीले शुभकामना आदानप्रदान गरेर हर्षोल्लासपूर्वक मनाइरहेका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले समस्त नेपालीमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको कामना गरेका छन् ।

नयाँ वर्षको पहिलो दिन सरकारले सार्वजनिक बिदा दिने गरेकोमा यस वर्ष भने शनिबार परेको छ ।

नयाँ वर्षको पहिलो दिन नयाँ योजना बनाउने, घुम्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।