डिडिसीलाई चाहियो महाप्रबन्धक, यी योग्यता पुगेकाले दिन सक्छन् आवेदन

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) को महाप्रबन्धक चयनका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक चयन गर्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको महाप्रबन्धक सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
आवेदन ३० वर्ष पूरा भई ६० वर्ष ननाघेका, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (२) (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर, व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेकाले दिनसक्ने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
प्रतिक्रिया