NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !

काठमाडौैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको विमानमा एक किलो भन्दा धेरै सुन बरामद भएको छ । बिहबिार नयाँदिल्लीबाट आएको इन्डिगो एयरको विमानमा बेवारिसे अवस्था एक किलो ७० ग्राम सुन बरामद भएको छ । सिटको पछाडीको भागमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।
विस्कुट र गहनासहितको सुन बरामद भएको र त्यस विषयमा अनुसन्धान भइरहेको एसएसपी कृष्णहरी शर्माले बताए । सुन ल्याउने तस्कर भने फरार भएका छन् । जसकारण घटना रहस्यमय बनेको छ ।