NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल

काठमाडौैं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नियमविपरीत नेपाल स्काउटको जग्गामा गर्दै आएको व्यापारमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लैनचौरस्थित खड्काको पार्टी प्यालेस र रेष्टुरेन्टमा सिल गरेको छ ।

नेता खड्काले तीन रोपनी जग्गा लिजमा लिएकोमा १३ रोपनी जग्गा कब्जा गरी व्यापार गर्दै आएका थिए । स्काउटले पटक पटक हटाउन प्रयास गर्दा पनि खड्काले राजनीतिक पावरका आधारमा कब्जा गर्दै आएका थिए । अदालतले समेत स्काउटकै पक्षमा फैसला गरेपछि बल्ल त्यसको कार्यान्वायन भएको हो ।

फैसला भएको पनि करिब दुईवर्षपछि बल्ल खाली भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएर खड्काको व्यवसाय बन्द गराएका हुन् ।