प्रिमियर कप : नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप, २०२४ अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । ओमानको अलअमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे खेल हुनेछ ।
आजको खेलमा जित निकालेर नेपाल आफ्नो जितको सिलसिला कायम राख्दै फाइनल यात्रा तय गर्न चाहन्छ । समूह ‘ए’मा रहेको नेपालले ४ वटै खेलमा जित निकालेर ८ अंक बटुलेको छ । समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो ।
युएई भने ४ खेलमा तीन जित र एक हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह चरणमा उसले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको हो । ओमानसँग भने युएई ९ विकेटले पराजित भयो ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।
यूएईको टोली
मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया