NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चोभारमा दमकल दुर्घटना हुँदा ६ प्रहरी घाइते

काठमाडौं । चोभार डाँडास्थित जंगलमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ३ सशस्त्र प्रहरी र ३ नगर प्रहरी छन् ।
कीर्तिपुर नगरपालिका– ६, चोभार गेटस्थित जंगलमा भएको आगलागी निभाउने क्रममा काठमाडौँ महानगरपालिकाको दमकल आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो।
आगो निभाउन गएको दमकल पल्टिँदा रामेछापको मन्थली नगरपालिका–७ घर भई २१ नं. गण ललितपुर दक्षिणकालीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार ३३ वर्षीय शंकर माझी, दोलाखाको मेलुङ गाउँपािलका–६ घर भई २१ नं.गण भक्तपुर दुवाकोटमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ३६ का शंकर श्रेष्ठ, दोलखाको बध्याश्वर गाउँपालिका–१ घर भई ९ नं. गण बर्दिवास महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान वर्ष ३१ का रामबहादुर श्रेष्ठ घाइते भएका हुन् ।
त्यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–९ घर भई हाल काठमाडौँ मनगरपालिकामा कार्यरत नगर प्रहरीका प्रहरी नायब निरीक्षक ५५ वर्षीय मीनबहादुर गुरुङ, लमजुङको राइनाथ गाउँपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिकामा कार्यरत नगर प्रहरी वर्ष ४१ का सन्तोष राना भाट र कीर्तिपुर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिकामा कार्यरत नगर प्रहरीका प्रहरी हवल्दार वर्ष २७ का सुरेश कार्की घाइते भएका हुन्।

चोभार जंगलमा आगो लागेको स्थानीयले खबर गरेपछि आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यसमध्ये एउटा दमकल दुर्घटनामा परेको हो।

ताजा अपडेट

नेपालवाच विशेष