NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

निमित्त प्रहरी महानिरीक्षकमा राई

काठमाडौं । नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआइजी टेकप्रसाद राईले पाएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको कार्यक्रममा भाग लिन फ्रान्स गएपछि राईले निमित्तको जिम्मेवारी पाएका हुन् ।
कुँवर आइतबार बेलुका फ्रान्स प्रस्थान गरेका छन् । इन्टरपोलको हेड अफ नेशन्स्को १९ औं सम्मेलनमा भाग निल उनी फ्रान्स गएका हुन् । कुँवरसँगै एसपी रबिन्द्रबहादुर सिंह पनि फ्रान्स गएका छन् ।