चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता
दक्षिण चीन । दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ ।
चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन् ।
स्थानीय समयानुसार मङ्गलबार बिहान छ बजेसम्म बेपत्ताहरूको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
विशेषज्ञहरूले तुरुन्तै पुलको प्रारम्भिक मूल्याङ्कन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जलक्षेत्रमा ट्राफिक नियन्त्रण लागु गरिएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया