NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौं । उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । वैशाख १५ मा इलाम–२ र बझाङ–१ (क) मा हुन गइरहेको उपनिर्वाचनको मौन अवधि सुरु भएको हो ।

निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि मतदान नसकिँदासम्मका लागि इलाम र बझाङ जिल्लाभर मौन अवधि सुरु भएको जनाएको छ ।

मौन अवधिमा प्रचारप्रसार गर्ने, मतदाता प्रभावित पार्नेजस्ता गतिविधि गर्न पाइँदैन ।

२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते र बझाङ–१ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा निधन भएपछि यी दुई क्षेत्र रिक्त छन् ।