उपनिर्वाचनको मौन अवधि सुरु
काठमाडौं । उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । वैशाख १५ मा इलाम–२ र बझाङ–१ (क) मा हुन गइरहेको उपनिर्वाचनको मौन अवधि सुरु भएको हो ।
निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि मतदान नसकिँदासम्मका लागि इलाम र बझाङ जिल्लाभर मौन अवधि सुरु भएको जनाएको छ ।
मौन अवधिमा प्रचारप्रसार गर्ने, मतदाता प्रभावित पार्नेजस्ता गतिविधि गर्न पाइँदैन ।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते र बझाङ–१ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा निधन भएपछि यी दुई क्षेत्र रिक्त छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया