कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि बिहीबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।
मुख्यमन्त्रीले पदमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संघको गठबन्धन परिवर्तनसँगै मुख्यमन्त्रीमा अवसर पाएका कँडेलले सोही संवैधानिक प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको र त्यसमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जनाएको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० सांसद छन् । त्यसैगरी, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् ।
कँडेलले विश्वासको मत आर्जन गर्न २१ सांसदको समर्थन हासिल गर्नुपर्ने हुन्छ । गठबन्धनमा रहेको माओवादी केन्द्रले मात्र मत दिँदा पनि उनले सजिलै विश्वासको मत आर्जन गर्ने छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया