सुरु भयो तेस्रो लगानी सम्मेलन

काठमाडौं । तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलन दुई दिनसम्म चल्नेछ ।
विदेशी लगानी भित्राउने मूल लक्ष्यका साथ आयोजित सम्मेलनको उद्घाटनपछि बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा लगानी गर्न चाहनेका लागि यो महत्त्वपूर्ण अवसर भएको बताए ।
सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी हुँदैछन् । नेपाल लगानी बोर्डका अनुसार यसमा ९ खर्बका १५१ परियोजना प्रस्तुत हुँदैछन् ।
प्रतिक्रिया