NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

यातायातका तीन कर्मचारी सिआइबीको हिरासतमा

काठमाडौं । परीक्षा नै नदिई करिब एक लाख लाइसेन्स जारी गरेको घटनामा यातायातका थप दुई कर्मचारी पक्राउ परेका छन् ।

कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायण पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो । अर्का पूर्वकर्मचारी हरिश भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

यातायात व्यवस्था विभागले नै दिएको निवेदनका आधारमा उनीहरु पक्राउ परेका हुन् । यसमा यातायातका अन्य कर्मचारीहरु समेत छानविनमा छन् । तत्कालिन महानिर्देशकहरुमाथि समेत छानविन हुने प्रहरी स्रोत बताउँछ ।