बझाङमा कांग्रेस उम्मेदवारको अग्रता कायमै
काठमाडौं । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गर्दा एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत ल्याएका छन् ।
हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया