बझाङमा कांग्रेस उम्मेदवारको अग्रता कायमै

काठमाडौं । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गर्दा एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत ल्याएका छन् ।
हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।
ताजा अपडेट
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका तीन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रतिपक्षी दलको बैठक जारी
-
बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा
प्रतिक्रिया