जसपाको केन्द्रीय निर्वाचन समिति गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारबमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय सो समिति गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार सो समितिका सदस्यमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् ।
पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले निर्वाचन गर्न गराउन आवश्यकताअनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधान बमोजिम उक्त समिति गठन गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्देशिकाअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अघि बढाउन प्रदेशका निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने पनि बस्नेतले जानकारी गराए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया