पशुपतिको जलहरी भ्रष्टाचार मुद्दामा अदालतले दियो सफाइ

काठमाडौैं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भएको भ्रष्टाचार सम्बन्धि मुद्दामा बिशेष अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । प्रमाण नपुगेको भन्दै तीन जनालाई अदालतले मंगलबार सफाइ दिएको हो ।
सदस्यसचिव मिलन थापा, पूर्व सदस्यसचिव डा.प्रदीप ढकाल र स्टोर किपर अरुण कुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएकोमा उनीहरुले सफाइ पाएका हुन् ।
जलहरी जडानका क्रममा १४९१ ग्राम सुन हिनामिना भएको अख्तियारको दाबी थियो । एक करोड १७ लाख रुपैयाँ बिगो कायम गरी गत १४ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । बहुचर्चित मुद्दामा प्रतिवादीले सफाइ पाएका हुन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया